Teej celebration hosted in New York by NY/NY Nepali Women Group.
न्युयोर्क र न्युजर्सीका महिलाहरुको आयोजनामा सन् २००७ देखि लगातार न्युयोर्कमा तीज मनाइदै आएको तिजमा नेपाली समुदायमा मानिने पर्बहरु मध्य सबै भन्दा बढी संख्यामा नेपालीहरु एकै ठाउमा जम्मा भै मनाउने पर्ब यो बर्ष पनि अन्य बर्ष भन्दा बढी महिलाहरु एकै ठाउमा जम्मा भएर मानेका छ । गत बर्ष झण्डै एकहजारको संख्यामा नेपाली महिलाहरु उपस्थीत रहेको थियो भने यो वर्ष ( सेक्टेम्बर १३ तारिख २०१५ ) न्यू योर्कको वूडसाईडस्थित सत्यनारायण मन्दिरमा सो भन्दा बढी ऐतिहासिक रुपमा उपस्थिति भै सामुहिक तिज दर कार्यक्रम सफलभएको थियो । उपस्थित सबै मा न्युयोर्क र न्युजर्सीका महिलाहरुको समूह द्वारा हार्दिक धन्यबाद ज्यापन गरिएको छ । रातो कपडा र गहनामा सजिएर तीजका गीतहरुमा नाचगान गर्दै दरखानको लागि सांझ ६ बजे देखि रात्रिको १२ बजे सम्म रहेको थियो । कार्यक्रम स्थिल धेरै महिला हरुको सहभागिताको कारण भित्र छिर्न नसकिने अवस्था रहेको थियो ।
हरेक बर्ष जस्तै गरि यस वर्ष पनि समाजका विभिन्न क्षेत्रमा क्रियासिल सहभागी भएर समाजका लागि योगदान गर्ने महिला हरुलाई उक्त कार्यक्रममा सम्मान गरिएको थियो । यसरि सम्मानित हुने व्यक्तिहरुमा नाना नर्स समूह , झरना शेर्पा , Camile Mackler तथा अधिकारकर्मी नर्मदा क्षेत्री रहेका छन् । सम्मानित ब्यक्ति तथा समूह द्वारा नेपाली समुदायका क्षेत्रहरुमा विभिन्न किसिम बात योगदान पुराउदै आएका छन । उक्त कार्यक्रममा उपस्थित सबैलाई समुहकी सुनिता हमाल द्वारा स्वागत गर्नु का साथै कार्यक्रमको संचालन गिता खनाल,भारति राई, पुनम मल्लले गर्नु भएको थियो । कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै लाइ रेणु शर्मा सापकोटा दवारा धन्यबाद ज्यापन गर्नु भएको थियो ।
Read Moreहरेक बर्ष जस्तै गरि यस वर्ष पनि समाजका विभिन्न क्षेत्रमा क्रियासिल सहभागी भएर समाजका लागि योगदान गर्ने महिला हरुलाई उक्त कार्यक्रममा सम्मान गरिएको थियो । यसरि सम्मानित हुने व्यक्तिहरुमा नाना नर्स समूह , झरना शेर्पा , Camile Mackler तथा अधिकारकर्मी नर्मदा क्षेत्री रहेका छन् । सम्मानित ब्यक्ति तथा समूह द्वारा नेपाली समुदायका क्षेत्रहरुमा विभिन्न किसिम बात योगदान पुराउदै आएका छन । उक्त कार्यक्रममा उपस्थित सबैलाई समुहकी सुनिता हमाल द्वारा स्वागत गर्नु का साथै कार्यक्रमको संचालन गिता खनाल,भारति राई, पुनम मल्लले गर्नु भएको थियो । कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै लाइ रेणु शर्मा सापकोटा दवारा धन्यबाद ज्यापन गर्नु भएको थियो ।