तिजको लहर आयो वरी लै
अशोक पन्त न्यु योर्क - न्युयोर्क र न्युजर्सीका महिलाहरुको आयोजनामा सन् २००७ देखि लगातार न्युयोर्कमा तीज मनाइदै आएको तिजमा नेपाली समुदायमा मानिने पर्बहरु मध्य सबै भन्दा बढी संख्यामा नेपाली हरु एकै ठाउमा जम्मा भै मनाउने पर्ब भएको । गत बर्ष झण्डै एकहजारको संख्यामा नेपाली महिलाहरु उपस्थीत भएर रमाए थिए भने यो वर्ष( अगस्ट २३ तारिख २०१४ ) न्यू योर्कको वूडसाईडस्थित सत्यनारायण मन्दिरमा सो भन्दा बढी ऐतिहासिक उपस्थिति रहेको थियो । रातो कपडा र गहनामा सजिएर आएका नेपाली महिलाहरुको जमघट हेर्दा नेपालमा नै रहेको आभाष दिरहेको थियो । सांझ सात बजे नै जम्मा भै सकेका नारीहरुले रात को १ बजे सम्म नाचगान गरि तीज मानेका थिए ।
कार्यक्रमको उक्त अवशरमा समाजमा योगदान दिने ३ जना महिलाहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरुमा सुखबिन्दर कौर, रुची पेनिगर र राम यल गुरुङसिनि हुनुहुन्छ । उहाहरुलाई दोसला पोते र ट्रफीले सम्मान गरिएको थियो । संयुक्त राष्ट्रसंघका नेपाली स्थाई नियोगकि उपप्रमुख सेवा लम्साल अधिकारी द्वारा सम्मान प्रदान गर्नुभएको थियो । कार्यक्रमको संचालन नर्बदा क्षेत्री, सुनिता हमाल, रेणु शर्मा सापकोटा, भारती राई,बृन्दा राई,सन्ध्या गुरुङले गर्नुभएको थियो । कार्यक्रममा बृन्दा राईले उपस्थीत सबै दिदीबहिनीहरुलाई स्वागत गर्नुभयो भने कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबैलाई नर्बदा क्षेत्रीले धन्यवाद दिनुभएको थियो । कार्यक्रमको लागि विभिन्न ब्यक्ति हरुले गर्नु भएको आर्थिक सहयोगबाट कार्यक्रमको खर्च कटाई बाकी रहेको मध्य बाट ५०० डलर नेपालको बाढी पिडित लाई सहायोग गरिने आयोजकको तर्फ बाट जानकारी गरिएको थियो ।
उक्त साँझमा विभिन्न तिजको गीतमा निकै रमाएर नाचगान गरिनुका साथ तिजको दर स्वरुप विभिन्न परिकारहरु पनि उपस्थित सबैलाई उपलब्ध गरिएको थियो ।
Read Moreकार्यक्रमको उक्त अवशरमा समाजमा योगदान दिने ३ जना महिलाहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरुमा सुखबिन्दर कौर, रुची पेनिगर र राम यल गुरुङसिनि हुनुहुन्छ । उहाहरुलाई दोसला पोते र ट्रफीले सम्मान गरिएको थियो । संयुक्त राष्ट्रसंघका नेपाली स्थाई नियोगकि उपप्रमुख सेवा लम्साल अधिकारी द्वारा सम्मान प्रदान गर्नुभएको थियो । कार्यक्रमको संचालन नर्बदा क्षेत्री, सुनिता हमाल, रेणु शर्मा सापकोटा, भारती राई,बृन्दा राई,सन्ध्या गुरुङले गर्नुभएको थियो । कार्यक्रममा बृन्दा राईले उपस्थीत सबै दिदीबहिनीहरुलाई स्वागत गर्नुभयो भने कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबैलाई नर्बदा क्षेत्रीले धन्यवाद दिनुभएको थियो । कार्यक्रमको लागि विभिन्न ब्यक्ति हरुले गर्नु भएको आर्थिक सहयोगबाट कार्यक्रमको खर्च कटाई बाकी रहेको मध्य बाट ५०० डलर नेपालको बाढी पिडित लाई सहायोग गरिने आयोजकको तर्फ बाट जानकारी गरिएको थियो ।
उक्त साँझमा विभिन्न तिजको गीतमा निकै रमाएर नाचगान गरिनुका साथ तिजको दर स्वरुप विभिन्न परिकारहरु पनि उपस्थित सबैलाई उपलब्ध गरिएको थियो ।