न्यु योर्कमा तीज रमझम
न्यु योर्कमा तीज रमझम
अशोक पन्त, नेपाल फोटो न्यूज - न्यू योर्कमा बसोबास गर्ने नेपाली अमेरिकि दिदि-बहिनीहरुले बिगत ६ बर्षदेखी मनाउँदै आएको तीज पर्ब यसपाली धुमधामसंग मनाइएको छ। न्यू योर्क कुइन्सको सत्य नारायण मन्दिरमा शनिबार साँझ सेप्टेम्बर १५ तारिखका दिन न्यू जर्सी- न्यू योर्क नेपाली महिला समूहको बिशेष आयोजना गरिएको उक्त तीज महोत्सबमा बिगत बर्षहरुमा जस्तै यसपाली पनि न्यू योर्क तथा न्यू जर्सीमा रहेका क्रियासिल समाजमा बिसेष योगदान पुर्याउने महिलाको लागि नारी सम्मान कार्यक्रम आयोजन गरिएको थियो | संयुक्त राष्ट्रसघंका लागी नेपालका स्थायी उप प्रमुख सेवा लम्साल अधिकारी प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा हरेक बर्ष जस्तै बर्ष पनि ४ जना नेपाली महिलाहरु सम्मानित हुनु भएको छ | यसरि सम्मानित हुने हरुमा एइजें पू ( Aijen poo ), मेरी धखावा (Mary Dhakhaawa ) , सुजन हेंगेन (Sujan Hangen ) तथा शारदा खत्री रहनु भएको छ | सम्मानित हुनेहरुलाई प्रमुख अतिथि तथा मृदुला कोइराला द्वारा पोते ,खादा तथा ट्रोफी बितरण गरियको थियो |
न्यू योर्क तथा न्यू जर्सीमा रहेका नेपाली समुदायको २०० भन्दा बढी तीजका नारी दिदि बहिनिहरु रातो साडी चुडा पोतेमा सजिएर उपस्थित रहेको उक्त मा तिजको दर स्वरूप सबै लै उक्त समुहका सदस्यहरु सहयोगमा खानपिनको व्यवस्था पनि गरिएको थियो | उपस्थित तीजका दिदिबहिनिहरुले तिजको गीतमा धोको फेरेर नाचगान गरेका थिए |
Read Moreअशोक पन्त, नेपाल फोटो न्यूज - न्यू योर्कमा बसोबास गर्ने नेपाली अमेरिकि दिदि-बहिनीहरुले बिगत ६ बर्षदेखी मनाउँदै आएको तीज पर्ब यसपाली धुमधामसंग मनाइएको छ। न्यू योर्क कुइन्सको सत्य नारायण मन्दिरमा शनिबार साँझ सेप्टेम्बर १५ तारिखका दिन न्यू जर्सी- न्यू योर्क नेपाली महिला समूहको बिशेष आयोजना गरिएको उक्त तीज महोत्सबमा बिगत बर्षहरुमा जस्तै यसपाली पनि न्यू योर्क तथा न्यू जर्सीमा रहेका क्रियासिल समाजमा बिसेष योगदान पुर्याउने महिलाको लागि नारी सम्मान कार्यक्रम आयोजन गरिएको थियो | संयुक्त राष्ट्रसघंका लागी नेपालका स्थायी उप प्रमुख सेवा लम्साल अधिकारी प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा हरेक बर्ष जस्तै बर्ष पनि ४ जना नेपाली महिलाहरु सम्मानित हुनु भएको छ | यसरि सम्मानित हुने हरुमा एइजें पू ( Aijen poo ), मेरी धखावा (Mary Dhakhaawa ) , सुजन हेंगेन (Sujan Hangen ) तथा शारदा खत्री रहनु भएको छ | सम्मानित हुनेहरुलाई प्रमुख अतिथि तथा मृदुला कोइराला द्वारा पोते ,खादा तथा ट्रोफी बितरण गरियको थियो |
न्यू योर्क तथा न्यू जर्सीमा रहेका नेपाली समुदायको २०० भन्दा बढी तीजका नारी दिदि बहिनिहरु रातो साडी चुडा पोतेमा सजिएर उपस्थित रहेको उक्त मा तिजको दर स्वरूप सबै लै उक्त समुहका सदस्यहरु सहयोगमा खानपिनको व्यवस्था पनि गरिएको थियो | उपस्थित तीजका दिदिबहिनिहरुले तिजको गीतमा धोको फेरेर नाचगान गरेका थिए |